प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हरायो

कोहलपुर, पुष २,

प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई हराएको छ ।

गयराति एनफिल्डमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।उपाधि होडमा बलियो देखिएका दुवै टिमको भिडन्तमा लिभरपुलले बाजी मारेको छ । र टोटनहमलाई पछि पार्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।जितसंगै लिभरपुलले लिग तालिकामा स्पष्ट तीन अंकको अग्रता लिन सफल भएको छ ।

खेलमा अग्रता घरेलु टोली लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहाको गोलमा लिएको थियो ।टोटेनहम स्टार सन ह्युङ मिनले ३३ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।शीर्ष स्थानको लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनहमको २५ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *