बाँकेमा यो वर्षको धेरै जाडो, विहानैदेखि हुस्सु र कुहिरो

कोहलपुर, पुष २,

बाँके जिल्ला सहित कोहलपुरमा बिहीबार यो वर्षको धेरै जाडो भएको छ ।

पुस लागेसँगै जिल्लामा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि तराई बाँके जिल्ला सहित कोहलपुरमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । हुस्सुसँग बिहान शित लहर पनि चलेको छ । चिसोका कारण यहाँको जनजिवन प्रभावित बनेको छ ।

मानिसहरुलाई एकठाउँबाट अर्काे ठाउँमा जान पनि समस्या भएको छ ।चिसोका कारण बुढाबुढी, बालबालिका तथा श्रमिकहरु बढी मर्कामा परेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान साढे ६ बजेको मापन अनुसार तापक्रम निकै घटेको छ । केही दिन यता कोहलपुरको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद्ले बताएका छन् ।

रातको समयमा हुस्सुसहित शीतलहर पर्न थालेपछि जिल्लामा ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा पर्न थालेका छन् । तराईमा यहाँ दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको छ । हुस्सु र कुहिरोले पारदर्शीतामा कमी भएकाले यात्रामा सजग रहन पनि महाशाखाले आह्वान गरेको छ ।

यस्तै उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ । जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।

अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *