प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक बुधबार बस्दै

कोहलपुर, पुष १,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।

मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले आज १ बजे पदाधिकारीको बैठक बोलाएको हो । पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकले सरकारले संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेको बिषयमा छलफल नेता बालकृष्ण खाणले बताए ।

अध्यादेश जारी गर्नु लोकतान्त्रिक क्रियाकलापको खिलाफमा रहेको भन्दै तत्काल फिर्ता लिन काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *