धादिङका महिलाहरुले उत्पादन गरेको खरीे पिडालुले बजार पाउँदै

कोहलपुर, पुष १,

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का महिलाहरु पिडालु खेतितर्फ आकर्षित भएका छन् ।

परम्परागत रुपमा खेती गर्दै आएका त्यहाँका महिलाहरुले व्यवसायिक रुपमै पिडालुखेती गर्न थालेका छन् । एकाध घर परिवारलेमात्र पिडालु खेती गर्दै आएका उनीहरुले समुहमा आवद्ध भएर खेती थालेका हुन् । साविकको खरि गाविसको वडा ६ र ९ का जौवारी, आलेगाउँ र ढाँडा गाउँकामहिलाहरुले सामूहिक रुपमा पिडालु थालेका हुन् ।

जनकल्याण महिला समूह, चिसापानी महिला समूह लगायतका समूह गठन गरि महिलाहरु खेतीमा लागेका छन् । महिलाहरुले करिब ९० रोपनी जग्गामा २५ टन स्थानीय खरि जातका पिडालु उत्पादन
गरेका छन् । उत्पादित पिडालु गाउँबाटै प्रतिकेजी ३० रुपैयाँमा विक्री गर्दै आएको उनीहरुले बताएका छन् । पिडालु खेती गर्ने कृषक समूहलाई वडाले प्रत्येक वर्ष अनुदान दिंदै आएको छ । खरी पिँडालु प्रवद्र्धन कार्यक्रम अन्तरगत रोपनीको ३ हजार रुपैयाँका दरलेअनुदान दिँदै आएको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

वडामा बजेट कम हुने भएकाले विभिन्न संघ संस्थासँग समन्वयगरि पिडालु खेतीलाई थप प्रवद्र्धन गर्दै लैजाने अध्यक्ष काप्रीले बताए । पौष्टिक तत्वयुक्त पिडालु खेतीलाई विस्तार गर्नको लागि किसानहरुको माग अनुसार काम गर्दै जाने उनले बताए । किसानले अहिले ड्राई मेसिन अर्थात गाभा सुकाउने मेसिन माग गरेका कारण आगामी वर्षको बजेटमा मेसिन खरिदको लागि बजेट विनियोजन गरिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *