रौतटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित प्रहरी नियन्त्रणमा

कोहलपुर, पुष १,

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा मुकेश गिरी प्रहरी नियन्त्रण परेका हुन् । दुलाहा गिरीसँगै बुबा राम सागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई समेत प्रहरीले मण्डपबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहको निर्देशनमा प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख प्रहरी नायव निरिक्षक आमोद प्रकाश यादवको टोलीले शिवमन्दिर मण्डपबाट नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय गरुडामा कारवाहीको प्रक्रिया बढाउनको लागि बुझाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बालिकाको आमा लक्ष्मी गिरी, सानिआमा गिता गिरीलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । उनीहरूले बालिका र उनीहरूको आफन्तलाई पैसाको प्रलोभनमा पारी विवाह गर्न प्रेरित गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रावलले बताए ।

प्रहरीका अनुसार मुकेशले विवाह गर्न लागेकी बालिकाको उमेर अन्दाजी १४–१५ वर्षको मात्र रहेको छ । तर बालिकाको आफन्तले भने उनको उमेर १८ वर्ष रहेको बताउँदै आइरहेका छन् । बालिकाको आफन्तले भने बालिकाको घरको आर्थिक स्थिति पनि कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको बताएका छन् । दुलाहा बनेर विवाह गर्न ठिक्क परेका मुकेशले १२ कक्षा उत्तिण गरेका छन् । उनी बोल्न र सुन्न भने सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *