बालिकालाईकरणी गरेको आरोपमा वृद्ध पक्राउ

कोहलपुर, पुष १,

बालिकालाई करणी गरेको आरोपमा नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढीका एक वृद्ध पक्राउ परेका छन् ।

वृद्धलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको बेलकोटगढी नगरपालिका डाँडार्खकका ७० वर्षीय केदारबहादुर बासकोटालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ ।

गाउँका १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलकोटगढी डाँडार्खकका वृद्ध बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *