रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष तीनमा
कोहलपुर, पुष १,
रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।
गयराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएसँगै रियल ला लिगाको शीर्ष तीनमा उक्लिएको हो । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।
शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ ।