तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून

कोहलपुर, पुष १,

पुष महिना सुरु भएलगत्तै बाँके जिल्लामा जाडो बढेको छ ।

पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल बाँकेमा जाडो बढेको हो । पश्चिमी वायुको प्रभावले तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेसँगै कोहलपुरमा पनि बढी चिसो महसुस गरिएको छ । प्रदेश २, वाग्गमती प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ । यस्तै प्रदेश १, २ र वाग्मती प्रदेशका केही भागमा मौसम सामान्य बदली रहने र बाँकी भागको मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । साँझ देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *