सर्त पूरा नहुञ्जेल वार्तामै नबस्ने : उखु किसान

कोहलपुर, मंसिर ३०,

पटक पटक मौखिक आग्रह र पत्राचार गरे पनि उखु किसान वार्तामा नबस्ने

सरकारले पटक पटक मौखिक आग्रह र पत्राचार गरे पनि उखु किसान वार्तामा नबस्ने भएका छन् ।

किसानहरुले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । दुई वटा सर्त पूरा नहुञ्जेल वार्तामै नबस्ने किसानको अडान छ । सरकारले रकम भुक्तानीको समय तोक्नुपर्ने र त्यो समयसम्म आफूहरू काठमाण्डौमै कुरेर पैसा बुझ्ने किसानको पहिलो सर्त छ । यस्तै कुनै कोषबाट उखु किसानको भुक्तानी दिनुपर्ने र त्यो रकम सरकारले उद्योगीबाट असुल्न सक्ने किसानको दोस्रो सर्त छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार दिउँसो १ बजे वार्ताको लागि बोलाए पनि किसान नगएपछि वार्ता हुन सकेको छैन । अब बेलुकी वार्ताको सम्भावना रहेको मन्त्रालयले जनाएको छ । अबको वार्तामा किसान नआए पनि गृह र उद्योग मन्त्रालयले संयुक्त बैठक बसेर निर्णय गर्ने छ ।

किसानले चिनी मिललाई उखु बेचेको पैसा नपाएपछि पोहोर पनि काठमाण्डौ आएर आन्दोलन गरेका थिए । त्यतिबेला पोहोरकै माघ ७ गतेसम्म पैसा पाउने सहमति भएको थियो तर अहिलेसम्म पैसा नपाएको भन्दै किसानले फेरि पनि काठमाण्डौ आएर गएको आइतबारदेखि आन्दोलन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *