किसानलाई दिएको भुक्तानीको विवरण पेश गर्न उद्योगीलाई सरकारको अल्टिमेटम

कोहलपुर, मंसिर ३०,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई आजसम्मको समय दिए ।

उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार हिजो मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिए । आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र मंगलबार पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।

उनका अनुसार १८ पुस २०७६ को सहमति अनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *