पशुपति मन्दिर भोलीबाट खुल्ने, क्षमा पूजा

कोहलपुर, मंसिर ३०,

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलीबाट खुल्ने भएको छ ।

बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने उहाँले बताए ।

दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले जानकारी दिए । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक विरोध गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज पशुपति प्राङ्गणमा विशेष पूजा गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *