संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्न सवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबारको बैठक स्थगित भएकोमा आज पुनः बोलाइएको हो । आजको बैठकमा पनि देउवा उपस्थित हुने–नहुने अन्योल नै रहे पनि प्रधानमन्त्रीले परिषद् बैठक राख्ने तयारी गरेका छन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मानव अधिकार आयोगसम्मका पदाधिकारी सिफारिसबारे छलफल हुने एजेन्डा रहेको छ । करिब चार दर्जन संवैधानिक पदाधिकारी रिक्त छन् । संवैधानिक नियुक्तिमा पनि ओलीले परामर्श नगरेको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । ओलीले कांग्रेस सभापति देउवासँग सहमति जुटाएको तर आफूसँग परामर्श पनि गर्न आवश्यक नठानेको भन्दै दाहाल असन्तुष्ट भएका हुन् ।

ओलीले बहुमत पद देउवालाई दिएर भए पनि संवैधानिक पदहरुमा रिक्तता टुंग्याउन चाहेकाले आजको बैठकबाटै धेरैजसो निकायमा पदाधिकारी नियुक्ति हुनसक्ने कतिपयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *