काँग्रेसको ७७ जिल्लामै सरकारविरुद्ध विरोध प्रदर्शन

कोहलपुर, मंसिर २९,

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोबार सरकारको विरोधमा देशभर प्रदर्शन गरिरहेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गगरिएको बताए । शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत रहने उल्लेख गरे ।

पार्टी सभापति शेरहादुर देउवाले हिजो वक्तव्य जारी गर्दै आजको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताए । देउवाले सरकारप्रति जनताको वितृष्णा व्यापक रुपमा बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको उल्लेख गरे । प्रतिपक्षका रूपमा काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझेको र भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको देउवाको आरोप छ ।

देउवाले प्रदर्शनमा संयमता अपनाउन पनि आग्रह गर्नुभएको छ । काँग्रेसले ७७ जिल्लामै सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *