भोटेकोशीमा सुरु भयो बञ्जी जम्प

कोहलपुर, मंसिर २९,

सिन्धुपाल्चोकको भोटेकोशीमा बञ्जी जम्प सुरु भएको छ ।

कोरोना भाइरस महामारीका कारण चैतदेखि बन्द भएको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

वि.सं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्पमा कोरोना अघिसम्म निकै मानिस जाने गरेका थिए । तर कोरोना महामारी र यसको नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अन्य पर्यटकिय क्षेत्रजस्तो यो बञ्जी पनि बन्द भयो । देशमा बन्दाबन्दी लागू हुनुअघि दैनिक १०० जनासम्म आउने गरेका थिए ।

बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने गरेको पाइन्छ । बञ्जीका लागि स्वदेशीलाई ६ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *