पर्यटक आवागमन तीन प्रतिशतमा खुम्चियो

कोहलपुर, मंसिर २९,

चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ६ सय ८८ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।

कोरोना कहरका बीच चालु आर्थिक बर्षको साउन, भदौ, असोज र कार्तिक महिनामा १ सय ३३ जना विदेशी र ५ सय ५५ जना स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । साउन र भदौमा शुन्य बनेको पर्यटन गतिविधि असोजमा १ सय ४६ स्वदेशी तथा २५ जना विदेशीले भ्रमण गरेका थिए भने कार्तिकमा ४ सय ९ जना स्वदेशी तथा १ सय ८ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

गत आर्थिक बर्षको पहिलो चौमासिकमा १७ हजार ५ सय ६६ विदेशी र ४ सय ८८ स्वदेशी गरि १८ हजार ५४ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेको कार्यालयले जनाएको छ । यसरी हेर्दा गत आर्थिक बर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक बर्षमा पर्यटक आगमन तीन प्रतिशमा खुम्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *