थप ८ सय ९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

कोहलपुर, मंसिर २८,

पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार २ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना सङ्क्रमणमुक्त भएका छन् ।

१६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *