अमेरिकामा भोलिबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने
कोहलपुर, मंसिर २८,
अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
अमेरिकाले फाइजर र बायो एनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोपप्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमापुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।