ट्रिपर दुर्घटना हुँदादुईजनाको मृत्यु, तीनजना घाइते

कोहलपुर, मंसिर २८,

बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

३ जना घाइते भएका छन् । जिल्लाको तल्कोटगाउँपालिका वडा नम्बर ३ को किरकिट्या भन्ने ठाउँमा हिजो दिउँसो २ बजे बा ३ क ६०० नम्बरको ट्रिपर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारकालागिजिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

चालक भरत धामी, सहचालकगोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल सीमखेतमाभइरहेको छ । ट्रिपर सडकबाटकरिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *