यो बर्षको शैक्षिक सत्र खेर जाँदैन – शिक्षा मन्त्रीपोख्रेल

कोहलपुर, मंसिर २८,

शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले यो बर्षको शैक्षिक सत्र खेर नजाने बताउनु भएको छ । कोभिड १९ काकारण विश्वका ४५ देशले शैक्षिक सत्र रद्द गरेको स्मरण गराउँदै मन्त्री पोख्रेलले नेपालले शैक्षिकबर्ष सुनिश्चतगर्न अहोरात्र मेहनत गरिरहेको बताए । झापाको मेचीनगर ८ स्थित आदर्श माविको पुस्तकालयको उद्घाटन गर्न हिजो यहाँ आइपुग्नु भएका मन्त्री पोख्रेलले कोभिड १९ ले परम्परागत शिक्षालाई चुनौती दिएको बताए ।

संकटले माथिल्लो स्तरसम्म जाने अवसरको श्रृजनासमेत गरेको उनको भनाइ छ । अहिले शिक्षा मन्त्रालयको मुख्य कार्यभार यो बर्षको शैक्षिक सत्र सुनिश्तिता गराउनु रहेको भन्दै मन्त्री पोख्रेलले यो बर्षको कक्षा १० को परीक्षा पुरानै ढंगमा गर्ने या नयाँ तरिकाले लिने भन्ने बिषयमा परामर्श भइरहेको जानकारी दिए ।

सार्वजनिक शिक्षामा सामुदायिक र निजी तथा शहर र गाउँबीच खाडल रहेको बताउँदै मन्त्री पोखरेलले प्रविधि मैत्री शिक्षामा सबैले जोड दिंदै कर्तब्यको कोणबाट कामगर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ । शिक्षामा क्रान्ति अझै हुन नसकेको भन्दै उनले शिक्षकले अब कक्षाकोठाबाटै परिवर्तन र सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा शिक्षामा राजनीति र शिक्षकहरु विभिन्न संघ र संगठनमा आवद्ध भएको तर्फ संकेत गर्दै मन्त्रीपोख्रेलले शिक्षकको पहिचानअब संघ संगठनको प्रतिनिधिको रुपमा भन्दा पनि विद्यालय र बिषय शिक्षकको रुपमा हुनु पर्नेमा जोड दिए ।

२०८५ सालदेखि नेपालमा कोही पनि आधारभूत शिक्षाबाट बाहिर नहुने भन्दै उनले आधारभूत शिक्षाको पहुँचमा आउन नचाहने नागरिकलाई सरकारले सेवा सुविधा र नागरिकले प्राप्त गर्ने सबै किसिमका अधिकारबाट बञ्चित गराउँदै सबैलाई आधारभूत शिक्षामा समाहित गराउने बाध्यकारी ब्यवस्थाको श्रृजना गर्ने तयारी शिक्षा मन्त्रालयले गरिरहेको पनि जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *