देशका अधिकांश क्षेत्रमा आंशिक बदली हुने

कोहलपुर, मंसिर २८,

देशका अधिकांश क्षेत्रमा आईतबार आंशिक बदलीहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमीवायुको आंशिक प्रभावकाकारण मौसम प्रभावित हुने भएको हो । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ । आजदिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *