शतबीज छरी बाला चतुर्दशी पर्व मनाइँदै
कोहलपुर, मंसिर २८,
दिवंगत आफन्तको स्मृतिमा शतबीज छरी आईतर बाला चतुर्दशी पर्व मनाइएको छ ।
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिव मन्दिरमा बाला चतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्त जन आउने गरेको मायसवर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजनपशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।
बेलुका दीपदान गरी आजबिहानै पितृको सम्झनामाशतबीज छरी बाला चतुर्दशी पर्व मनाइएको हो । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशीपर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकोमा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरे र बिहान शतबीज छरेका छन् । आफ्नो परिवार भित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्व सन्ध्या मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीपबाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।