बाँकेमा कोरोना संक्रमणका कारण शिक्षा शाखा अधिकृतको ज्यान गयो

कोहलपुर, मंसिर २८,

बाँकेमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

अछामको मुली घरभई हाल नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय विष्टको कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा उपचार भैरहेको थियो ।

आईतबार उनको उपचारकै क्रममा ज्यान गएको हो । कोरोनाको सामान्य लक्षण देखा परेपछि विष्टले २४ गते कोरोना परीक्षणका लागि नमूना दिएका थिए । २५ गते पोजेटिभ रिपोर्ट आएपछि उनको उपचार भैरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *