मेलम्ची बिरुद्ध स्थानीयको आन्दोलन, आयोजनाको निर्माण सामाग्री ढुवानी ठप्प

कोहलपुर, मंसिर २६,

मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै आएका स्थानीयले आयोजनाविरुद्ध पुनःआन्दोलनको सुरुवात गरेका छन् । यस अघि पनि रकम भुत्तानीको माग राख्दै पटक पटक आन्दोलन गर्दै आएका उनीहरुको माग सुनुवाइ नभएको भन्दै फेरिहिजोबाट आन्दोलन सुरु भएको हो ।

हालसम्म पनि रकम भुक्तानीको सुनिश्चितता नभएका कारण आयोजना बिरुद्ध आन्दोलनमा उत्रनु परेको पीडित स्थानीय सप्लायर्स उत्तर कुमार श्रेष्ठको भनाइ छ । आयोजनाबाट पीडित मजदूर तथा सप्लायर्सको समस्या समाधानका लागि भन्दै विभिन्न चरणमा छलफल तथा कार्यदल गठन भएपनि हालसम्म रकम भुत्तानीको ठोस निर्णय नभएकोले राष्ट्रिय गौरबको आयोजना बिरुद्ध अन्तिम लडाईको तयारी गर्नुपरेको अर्का सप्लायर्स बिष्णुमणी आचार्यले बताए ।

सिएमसीबाट पाउनुपर्ने रकम भुत्तानीको माग राख्दै मेलम्ची खानेपानी विकास समितिलाई गत कार्तिकमा बुभाइएको ज्ञापन पत्रको हालसम्म पनि सुनुवाई नभएको र उक्त पत्रको बोद्यार्थ जिल्लादेखि प्रधानमन्त्रीको कार्यालयसम्म दिँदा समेत मेलम्ची पीडितको वेवास्था गरिएकोले आन्दोलनको बिकल्प नभएको आचार्यको भनाइ छ । हालै मात्र इटालियन ठेकेदार कम्पनी सिएमसीले विश्वका विभिन्न देशका भेन्डर तथा सप्लायर्सहरुलाई तिर्न बाँकी रकमको सुची सार्वजनिक गरेको छ । जसमा मेलम्ची खानेपानी आयोजनामा सिएमसीले स्थानीय भेन्डर तथा सप्लायर्सहरुको तिर्न बाँकी रकम समेत उल्लेख गरेको छ । सोको आधारमा पनि नेपाल सरकारले सिएमसीसँग जफत गरेको धरौटी रकमबाट स्थानीय सप्लायर्स तथा भेन्डरको रकम भुत्तानी गर्नुपर्ने आचार्यले बताए ।

आयोजनाले स्थानीय सप्लायर्सहरुको साढे सत्र करोडभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको पीडित सप्लायर्सले बताउँदै आएका छन् । पीडित सप्लायर्सहरुले हिजोबाट आयोजनाको सामान ढुवानी गर्ने कुनैपनि साधन चल्न नदिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *