संवैधानिक परिषद्को बैठक आइतबार बस्दै

कोहलपुर, मंसिर २६,

संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ ।

विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो । मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *