ईङ्ल्याण्डले श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने

कोहलपुर, मंसिर २५,

ईङ्ल्याण्डले अर्काे महिना श्रीलङ्कासँग दुई टेष्ट म्याच खेल्ने भएको छ ।

श्रीलङ्कासँग बन्द रङ्गशालामा ईङ्ल्याण्डले दुई टेष्ट म्याच खेल्ने पक्का गरेको हो । बेलायत र वेल्सको क्रिकेट बोर्डले अर्को महिना श्रीलङ्कासँग बन्द रङ्गशालामा दुई टेष्ट खेल्ने घोषणा गरेको छ । ईङ्ल्याण्डले भर्खरै दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज रद्ध गरेको थियो ।

दुवै देशका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन खेलको एकदिवसीय सिरिज रद्ध गरिएको हो ।दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यस्तै ईङ्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको थियो ।श्रीलंका आएपछि ईङ्ल्याण्डको टिम दुई दिन एकान्तवासमा बस्नेछ ।

भ्रमणको क्रममा हरेक दुई दिनको अन्तरमा कोरोनाको परिक्षण गरिनेछ । पहिलो टेष्ट जनवरी १४ मा सुरु हुनेछ । ईङल्याण्डको टोली चार्टर प्लेनमा जनवरी २ मा श्रीलङ्का भ्रमणमा निस्कने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *