जनस्वास्थ्यको मापदण्ड कडाइकासाथ पालना नभएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

कोहलपुर, मंसिर २५,

सरकारले विश्वको कुनै पनि मुलुकमा खोप आए लगत्तै खोप ल्याउने तयारी भइरहेको जनाएको छ ।

खोप तत्कालै ल्याउने अवस्था नरहेकाले आफैंले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो यस्तो आग्रह गरे । पछिल्ला केही हप्तादेखि पीसीआर परिक्षण कम भएकाले कोरोना सङ्क्रमित पनि कम देखिदै गएको छ ।

यसले गर्दा नागरिकमा कोरोना सङ्क्रमित कम भएको भन्ने भ्रम फैलन थालेको र मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडेकोमा प्रवक्ता डा. गौतमले चिन्ता व्यक्त गरे । यसैबीच, सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई ४ दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

४ दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुल उपर गर्नेसमेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले छात्रवृत्तिमा एम.डी, एम. एस र एम.डि.एस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *