अबको जनगणना हरेक व्यक्तिमा रहेको विशेषता संकलनसहितको गणना हुने

कोहलपुर, मंसिर २५,

आगामी वर्षमा गरिने संघीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता संकलनसहितको गणना हुने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हिजो आयोजना गरेको ‘राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका भएका व्यक्तिको समावेशी गणना’ विषयक छलफल कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका तर्फबाट निर्देशक ढुण्डीराज लामिछानेले यस्तो जानकारी गराए । नेपालको बाह्रौँ आवधिक जनगणनाले संघीय प्रणालीअन्तर्गत तीनै तहका सरकारलाई आवधिक योजना र कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्देशक लामिछानेले बताए ।

महासंघका अध्यक्ष मित्रलाल शर्माले गणनामा अपाङ्गता भएका सबै नागरिकको सहज सहभागिता हुने स्थिति सिर्जना गर्न विभागलाई आग्रह गरे । विभागले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय गणना गर्ने तयारी गरिरहेको छ । हरेक दश वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *