६० लाख बराबरको अवैध सुर्ति बाँके प्रहरीको नियन्त्रणमा

कोहलपुर, मंसिर २३,

जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा सुर्ति बरामद गरेको छ ।

बाँके प्रहरीले भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सहित ठूलो परिमाणमा सुर्ति बरामद गरेको हो । नेपालगञ्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काको नेतृत्वमा गएको सो टोलीले ट्याक्टर सहित परिमाणमा सुर्ति बरामद गरेको जि.प्र.का.ले जनाएको छ ।

जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा राखेर नेपाल ल्याइएको ३५ केजीका ४८ बोरा काचो सुर्ति समात्न प्रहरी सफल भएको हो । प्रहरीले टयाक्टर चालक साइगाउँका नाफिस कवडिया, भानु बर्मा र शेर अलिलाई पक्राउ गरि अनुसन्धान भैरहेको छ । करिब ६० लाख बराबरको सुर्ति प्रारम्भिक अनुसन्धान अनुसार सुर्ति खजुरातर्फको एउटा उद्योगमा लैजान लागेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *