मुगुको ईलाका प्रशासन कार्यालय सोरुबाट नागरिका दिन सुरु

कोहलपुर, मंसिर २३,

मुगु जिल्लाको ईलाका प्रशासन कार्यालय सोरुबाट नागरिकता दिन सुरु गरिएको छ ।

ईलाका प्रशासन कार्यालय स्थापना भएको धेरै समयपछि अस्तिदेखि नागरिकता दिने काम सुरु भएको वडा नम्बर २ का अध्यक्ष ऐनबहादुर शाहले जानकारी दिए । उनका अनुसार पहिलो दिन ईलाका प्रशासन कार्यालय सोरुबाट ७जनाले नयाँ नागरिकता पाएका छन् । ३ जनाले प्रतिलिपि लिएको पनि उनले बताए ।

अबदेखी कुनै पनि नागरिकता बनाउनेदेखि अन्य जिल्ला प्रशासन कार्यालयमार्फत हुँने सबै काम ईलाका प्रशासन कार्यालय सोरुमार्फत हुँने भएकाले जिल्ला प्रशासन कार्यालय गमगडी जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *