प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

कोहलपुर, मंसिर २३,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा पनि सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

पछिल्लो पटक राजाबादीहरूको आन्दोलन बढ्न थालेको बारेमा पनि आजको बैठकमा छलफल हुनेभ भएको छ । बैठकमा नेपाली काँग्रेसले भने संसदको बैठक तत्काल बोलाउन माग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *