मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको आयोगको ठहर

कोहलपुर, मंसिर २३,

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।

आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्दै भविष्यमा सुधारको अपेक्षा गरिएको जनाएको हो । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धन संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

समाजमा जातीय भेदभाव कायमै रहेको, जीवनको अधिकारमा चुनौती देखिएको, उपभोक्ताका अधिकार कुण्ठित भएका, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसकेको पाइएको आयोगका प्रवक्ता डाक्टर टिकाराम पोख्रेलले सीआइएनसँग बताउनुभयो ।सीमान्तकृ्त वर्ग एवम् समुदायका अधिकार सुनिश्चित हुन नसकेको र कोभिड–१९ का कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको आयोगले बmुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा यस अवधिमा मानव अधिकार उल्लङ्घनका १ सय ३२ उजुरी दर्ता भएका छन् । नयाँ दर्ता भएका र पुराना गरी ७ सय ९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र मानव अधिकारका विविध विषयमा १ सय २८ पटक अनुगमन भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *