सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिँदै

कोहलपुर, मंसिर २३,

विश्वको सर्वोच्चशिखर सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरिने भएको छ ।

नापी विभागले गरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रको टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागिएको हो । चीन र नेपालको सहमतिमा एकसाथ नयाँ उचाइ घोषणा गर्ने तयारी गरिएको छ ।

विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ बढेको छ।नेपालले गत वर्ष पहिलोपटक आफ्नै स्रोतसाधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो । नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो ।

उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए । गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *