१५० औं दिनमा १५० वटा चित्र: चित्रकार विक्रम शिशिर

बिधुत्मा रैका,
कोहलपुर, मंसिर २१,

गुगल ब्लगर पेजले संचालन गरेको चित्रकला प्रतियोगितामा बाँके कोहलपुरका चित्रकार एवं साहित्यकार विक्रम शिशिरले १५० औं दिनमा १५० वटा चित्र बनाएर प्रतियोगितामा सहभागिता जनाएका छन् ।

ललितकला पाठशालाको निर्देशक पनि रहेको शिशिरले बेला बेला नेपाल ललितकला प्रतिष्ठानसँगको साझेदारीमा पनि चित्रकला प्रर्दशनि गर्दै आएका छन् ।

एक दिन एक चित्र भन्ने उद्देश्यलाई सफल पार्न पनि आफूले हरेक दिन चित्र बनाएर सहभागिता जनाएको बताउँदै उनले भने–‘पश्चिम क्षेत्रमा धेरै सम्भावना छ तर सम्भावनाको खोजी सोचे जस्तो तरिकाले भएको छैन । यिनै कुराहरुलाई मध्यनजर गर्दै मैले यो च्योलेन्जलाई स्वीकार गरि सहभागिता जनाएको छु ।’

चित्र: विक्रम शिशिर

विभिन्न समयमा राजधानी हुँदै मोफसलका चित्रकारहरूमा पनि सामुहिक वा एकल चित्रकला प्रदर्शनी भएको शिशिरले जानकारी दिए । वि.सं. २०७७ असार २३ गतेदेखि सुरु गरेको ३६५ दिने च्यालेन्ज अथवा एक दिन एक कला सोसल मिडियामा पोस्ट गर्ने क्रममा १०४ औं कृतिको रूपमा धरा नामक चित्र पोस्ट गरिएको छ । धरा अर्थात माटो, जन्मभूमि, धरातल, भुगोल, जनजनी, राष्ट्र, आमा र देवीप्रति समर्पित गरेका छन् ।

उनले आफूसँगै धेरैले अहिले निरन्तर रुपमा चित्र बनाइरहेको उल्लेख गर्दै भने, चित्रले नबोलेको धेरै कुराहरु बोल्छ । त्यसैले सबैले चित्र बनाउनले रुचि देखाए पनि रुचिलाई व्यवसायि रुपमा ढाल्न नसकेको बताए । अबका दिनहरुमा चित्रलाई पनि व्यवसायिक पाटोबाट हेर्नु पर्ने र आफूले त्यस्तै गर्दै आएको बताउँदै आगामि दिनमा आफूहरु त्यसरी नै लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *