लैङ्गिक हिसां अन्त्यका लागि मिडियाको प्रमुख भुमिका हुन जरुरी

कोहलपुर, मंसिर २१,

लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान अन्तरगत बाँकेका पत्रकार महिलाले अन्तरक्रिया कार्यक्रमको गरेका छन् ।

‘ लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ शनिबार लैङ्गिक हिसां न्युनिकरणमा मिडियाको भुमिका बिषयमा छलफल गरेका छन् । कार्यक्रममा पत्रकार अक्षेरी पोख्रेलले लैङ्गिक हिंसा न्युनिकरणमा पत्रकार महिलाको भुमिका महत्वपुर्ण भएको बताउदै ग्रामिण समुदायका महिलाको सवालमा कलम चलाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पत्रकार महिलाहरुले लैङ्गिक हिसांंका न्युनिकरणका लागि साझा मुद्धा बनाई निरन्तर कलम चलाउनु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले लैङ्गिक हिंसाको अवस्था कानुनका बारेमा सहजिकरण गरेकी थिईन् । नेपाल पत्रकार महासंघका बाँकेकी उपाध्यक्ष रुपा गहतराजले लैङ्गिक हिसां न्युनिकरणका लागि बढी भन्दा बढी मिडियाले महिलाका सवाललाई प्राथमिकता दिनुपर्ने बताईन् । उनले भनिन्,–‘लैङ्गिक हिसांको अवस्था अनि नीतिगत रुपमा रिर्पाेटिङ हुन आउन जरुरी छ । मिडियाले महिलाका सवाललाई बढि भन्दा बढी प्राथमिकता दिन जरुरी छ ।’ प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म अभियान बिभिन्न सचेनामुलक कार्यक्रमहरु गरेर मनाइन्छ ।

नेपाल पत्रकार महासंघ बाकेको आयोजना तथा इन्सेक ,सिभिन युनेस्को फातिमा फाउण्डेसन, आई एच आरसीको समन्वयमा कार्यक्रम गरीएको हो । पत्रकार महिलाको अन्र्तक्रियाले लैंगिक हिसा बिरुद्ध आगामी दिनमा पत्रकार महिलाहरुले कलमका माध्यम बाट अभियान चलाउने बताए । कार्यक्रममा पत्रकार महिलाहरु स्वास्थ्य समाग्री मास्क बितरण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *