कोरोना महामारीका कारण बन्द रहेका पर्वतीय उडान सुरु

कोहलपुर, मंसिर २१,

कोरोना महामारीको जोखिमलाई ध्यानमा राखि गरिएको बन्दाबन्दीको आठ महिनापछि नेपालमा पर्वतीय उडान सुरु भएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण बन्द रहेको पर्वतीय उडानहरु हिजोदेखि औपचारिकरूपमा सञ्चालनमा आएको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले पर्वतीय उडान सुरु गरेका हुन् । अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम भएका कारण पर्वतीय उडान सुरु गरिएको वायुसेवा कम्पनीहरुले जनाएको छ ।

नेपालमा कोभिड नियन्त्रणका लागि गत ११ चैतदेखि देशभार लागू भएको लकडाउन र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुल्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *