पहिलो चार महिनामा साढे ९ अर्ब रुपैयाँको चामल आयात

कोहलपुर, मंसिर २१,

नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात गरेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म भएको चालमको यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन अर्थात् १९ करोड ८३ लाख किलो चामल आयात भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा एक सय २० प्रतिशत बढी हो । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो ।

यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसकेको । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात हुँदा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *