पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने

कोहलपुर, मंसिर १९,

पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्विमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।

स्विमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हक्कीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना सङ्क्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेपले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *