भारतमा कोरोना सङ्क्रमितको संख्या ९५ लाख नाघ्यो
कोहलपुर, मंसिर १९,
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ९५ लाख नाघेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३५ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको संखया ९५ लाख ३४ हजार ९ सय ६५ पुगेको छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार नाघेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ सय २६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६ सय ४८ पुगेको छ ।
भारतमा हाल ४ लाख २२ हजार ९ सय ४३ सक्रिय सङ्क्रमित रहेका छन् भने ८९ लाख ७३ हजारभन्दा बढी कोरोना सङ्क्रमण पछि निको भइसकेका छन् ।