काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा पुल उद्घाटन

कोहलपुर, मंसिर १९,

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौं कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरे ।

उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा उस्थित सैयौं काँग्रेस कार्यकर्ताले नेकपाविरूद्ध नाराबाजी गरेका थिए । हिजो कार्यकर्तासहित पुल उद्घाटन गर्न पुग्नुभएका पौडेललाई निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैबीच नेपाली काँग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै तनहुँमा पुल उद्घाटन गर्न गएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुव्र्यवहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *