पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण
कोहलपुर, मंसिर १९,
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ६६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म २ लाख २० हजार २ सय ७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ५१ पुगेको छ ।