सार्वजनिक जग्गा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन सरकारको निर्देशन

कोहलपुर, मंसिर १९,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेसरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बहानामा संस्था तथा व्यक्तिलाई प्रयोग गर्न नदिन निर्देशन दिएको छ ।

मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयले सात सय ५३ स्थानीय तहलाई नै यससम्बन्धी परिपत्र गरेको हो । कतिपय स्थानीय तहले क्लब तथा विभिन्न संघसंस्थालाई सरकारी जग्गा उपलब्ध गराउने तथा लिजमा दिने गतिविधि देखिएपछि यस्तो परिपत्र गरेको मन्त्रालयले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को निर्णयबाट मात्र सरकारी तथा सार्वजनिक जग्गा कसैलाई दिन सकिने कानुनी प्रावधान छ । केही स्थानीय तहले आफ्नो क्षेत्राधिकार मिचेकाले यस्तो परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

लागू औषधको दुरुपयोग सम्बन्धमा जनचेतना अभिबृद्धि गर्दै यसको उत्पादन, ओसार पसार, बेचबिखन, प्रयोगमा रोकथाम र नियन्त्रणको लागी बाँके जिल्लामा ८१ वटा वडा स्तरीय समिति गठन गरी लागू औषध निस्तेज महाअभियान(२०७७ बाँके जिल्लामा सुरु गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *