मुक्त कमलरीले अझै पाएनन् परिचय र सेवा सुविधा

केशव भुल,
कोहलपुर, मंसिर १९,

नेपालको पश्चिम तराईका १२ हजार मुक्त कमलरीमध्ये अधिकांशको जीवनमा खासै परिवर्तन भएको छैन ।

२०७० साल असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा त ग¥यो, तर मुक्त कमलरीलाई दिने परिचयपत्र र सेवा नपाउँदा उनीहरू पीडामा छन् । १३ वर्ष कमलरी बसेकी बासगढी बर्दियाकी बसन्ती चौधरी सरकारले कमलरी मुक्त घोषणा गरेपछि मुक्ति त पाईन् तर कतिपय मुक्त कमलरीले परिचयपत्र र तालिम पाइरहँदा उनले भने केहि पनि पाएकी छैनन् ।

कमलरीबाट मुक्त भएको पाँच वर्ष बितिसक्दा पनि कैलालीका माया चौधरीले पनि अझै पूर्व मुक्त कमलरीको परिचय पत्र पाएकी छैनन् । जसो तसो अनमी पढे पनि मुक्त कमलरी कोटाबाट जागिर पाउने आशमा तुषारापात भएको छ । मुक्त कमलरी विकास मञ्च नेपालका अनुसार पश्चिम तराइका ५ जिल्लामा १२ हजार मुक्त कमलरी रहेका छन् । तर अहिलेसम्म ४ हजार ६ सय ६१ जनाले मात्रै परिचयपत्र पाएका छन् । जसमा सबैभन्दा बढी कैलालीमा २ हजार ५ सय पुर्व मुक्त कमलरीले परिचय पत्र पाएका छन् भने त्यसपछि क्रमश दाङमा १ हजार ४ सय ४५, कञ्चनपुरमा ३ सय ६२ र बाँकेमा ३ सय २४ जनाले परिचय पत्र पाएका मुक्त कमलरी विकास मञ्च नेपालका अध्यक्ष सुनिता चौधरीले बताईन् ।

बाँकेमा भने अहिलेसम्म एक जना पूर्व मुक्त कमलरीलाई पनि परिचय पत्र वितरण भएको छैन । ७ वर्ष अघि सरकारले कमलरी मुक्तिको घोषणा गर्दा उनीहरुको पूर्णरुपमा पुर्नस्थापना गर्ने पनि घोषणा गरेको थियो । तर अहिले भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय यस विषयमा बेखबर छ ।

कतिपय पूर्व मुक्त कमलरीले भने संघीय तथा प्रादेशिक संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् । तर उनीहरु त्यहाँ पुगेर मुक्त कमलरीको हक हितका लागि के गरे भन्ने प्रश्न कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *