व्यक्तिदेखि राष्ट्रसम्म शिक्षा पहिलो आवश्कता हो : महानिरीक्षक खनाल

कोहलपुर, मंसिर १९,

शिक्षा मानिसहरुका लागि सहि बाटो देखाउने एउटा मार्ग भएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले एउटा असल व्यक्ति तथा समुन्नत समाज निर्माणको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । खनालले एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक रहेको उल्लेख गरे ।

असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुने विचार व्यक्त गरे । बिहीबार बाँकेको कोहलपुरमा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गर्दै उनले शिक्षा बिनाको जीवन अन्धकार भएको बताए । उनले भने,–‘शिक्षा नै समाज विकासको प्रमुख आधार हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने बताए । सशस्त्र प्रहरी बलले सातै प्रदेशमा आफ्नो मातहतअन्तर्गत विद्यालय स्थापना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा एपिएफ स्कुल स्थापना गरेको छ ।

विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *