खुला कारागारको अवधारणामा सहमति जुट्यो

कोहलपुर, मंसिर १७,

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा खुला कारागारको अवधारणामा सहमति जुटेको छ ।

कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा सांसदहरुबीच सहमति जुटेको हो । ‘खुला कारागार भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँ भन्दा बाहिरसमेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको ठाउँ सम्झनुपर्छ’ भन्ने परिभाषामा समितिले सहमति जुटाएको छ ।

बैठकमा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । छलफलमा सांसदहरुले विधेयकमा रहेको संघीय र प्रादेशिक कारागारसम्बन्धी व्यवस्थामा प्रश्न उठाए । संविधानमा कारागार व्यवस्थापन संघीय सरकार र प्रदेश सरकारको साझा अधिकार सूचीमा रहेका कारणले पनि दुई किसिमको कारागार राख्नैपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *