एकैसाथ शिलान्यास गरिएका अस्पतालको दुई वर्षभित्र निर्माण सम्पन्न हुने

कोहलपुर, मंसिर १६,

देशैभर एकैसाथ ३ सय ९ वटा आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा सात प्रदेशमा गरि ३ सय ९ आधारभूत अस्पतालको शिलान्यास गरिएको हो । सरकारले हिजो देशभरका ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने भनेपनि ३ सय ९ अस्पतालको मात्रै शिलान्यास सम्पन्न भएको हो ।

भरतपुर अस्पतालको आकस्मिक भवन र सरुवा रोग सेवा भवनको शिलान्यास गर्न चितवन पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारीको समयमा नेपालले अन्य मुलुकको तुलनामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताएका छन् । स्वास्थ्यमन्त्री ढकालले हिजोको दिन स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक रहेको पनि बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार सँधै तयार र गम्भीर रहेको भन्दै अब देशका कुनै पनि पालिका अस्पताल बिहीन नहुने पनि उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले हिजो शिलान्यास गरिएका अस्पतालहरु २ वर्ष भित्रमा निर्माण भइसक्ने बताए । सरकारले तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ भने अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान गरिएको पनि अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *