विश्वमा २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना सङ्क्रमण
कोहलपुर, मंसिर १५,
विश्वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
वल्र्डमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृतकको संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ । विश्वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना सङ्क्रमित भएका छन् ।
तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय सङ्क्रमित छन् । एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन् ।