कोरोना नियन्त्रणका लागि थप सजगता आवश्यक : मुख्यमन्त्री भट्ट

कोहलपुर, मंसिर १५,

सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको सङ्क्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै मुख्य मन्त्री भट्टले यस्तो बताए । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार आठसय ५० रुपैयाँ मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेका रेडक्रसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *