अछाममा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गयो
कोहलपुर, मंसिर १५,
अछाममा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
जिल्लाको चौरपाटी गाउँपालिका ७ मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो । साँफेबगर नगरपालिका–३ का १९ वर्षीय निरज कुँवरको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय अछामका देबेन्द्र खड्काले बताए ।
मंगलसेनबाट धनगढीतर्फ गइरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुदाँ चालकसहित १८ जना घाइते भएका छन् । बस दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।