भारत र अस्ट्रेलिया बीचको दोस्रो एक दिवसीय क्रिकेट
कोहलपुर, मंसिर १४,
भारत र अस्ट्रेलिया बीचको दोस्रो एक दिवसीय क्रिकेट आईतबार हुँदै छ ।
आईतबारको खेलमा घरेलु टिम अस्ट्रेलिया दोस्रो खेल पनि जित्दै सिरिज कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने छ । पहिलो खेलमा पराजय भोगेको भारत भने दोस्रो खेल जित्दै सिरिजमा फर्कने दाउमा हुने छ ।
अष्ट्रेलियासँग तीन एक दिवसीय खेलको सिरिज अन्तर्गत भारतले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । यस अघि शुक्रवार भएको पहिलो खेलमा भारत ६६ रनले अष्ट्रेलियासँग पराजित भएको थियो ।