राष्ट्रपति निर्वाचनमा हुलाकबाट मतदान गर्ने ऐन विरुद्ध दायर गरिएको मुद्दा खारेज
कोहलपुर, मंसिर १४,
अमेरिकामा राष्ट्रपति निर्वाचनको क्रममा हुलाक मार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐन विरुद्ध दायर गरिएको मुद्दा खारेज गरिएको छ ।
डोनाल्ड ट्रम्प अभियानको तर्फ बाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको हो । त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको बताइएको छ । राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ गयराति यस्तो फैसला गरेका हुन् ।